बारामा आठ ग्यास विक्रेकतामा प्रशासनको छड्के अनुगमन,कृत्रिम अभाव सिर्जना गरिएको अवस्था फेला नपरेको : प्रजिअ मिश्र

कलैया । खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिले बाराका विभिन्न ग्यास उद्योग तथा डिलरमा छड्के अनुगमन गरेको छ। आइतबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा गएको टोलीले जिल्लाका आठ वटा ग्यास उद्योग तथा बिक्री केन्द्रको स्थलगत निरीक्षण गरेको हो। टोलीले कलैया उपमहानगरपालिका–१४ बघवनस्थित […]

ग्यासमा कालोबजारी रोक्न बारा प्रशासनको ‘एक्सन’,बिक्री–वितरणका लागि ९ बुँदे मापदण्ड निर्देशन जारी

कलैया । बजारमा एलपी ग्यासको कृत्रिम अभाव, बढी मूल्य असुली र अव्यवस्थित वितरणको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले ग्यास व्यवसायीमाथि कडाइ गर्ने निर्णय गरेको छ। प्रशासनले बुधबार ९ बुँदे निर्देशन जारी गर्दै जिल्लाभरका ग्यास उत्पादक, वितरक र डिलरलाई तत्काल कार्यान्वयन गर्नुपर्ने स्पष्ट मापदण्ड लागू गरेको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी निर्देशनमा कुनै […]

काज फिर्ताको आदेश बेवास्ता गर्दै नगर प्रमुख जैसवारले नातेदारलाई शिक्षा सह–संयोजककै जिम्मेवारीमा राखे

बारा । बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारले कानुनी व्यवस्था विपरीत विद्यालय कर्मचारीलाई काज फिर्ता नगरी नगरपालिकामै जिम्मेवारी दिएको आरोप लागेको छ। शिक्षा विकास तथा समन्वय इकाई, बाराले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा परेको उजुरी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त पत्रका आधारमा पाँच जना […]

पचरौता नगरपालिकाले ८ महिनासम्म रोक्यो सूचनाको बिल, ५० प्रतिशत कमिसन मागेको आरोप

‎कलैया । बाराको ‎पचरौता नगरपालिकामाथि सूचना प्रकाशन गरेबापतको वैधानिक बिल आठ महिनासम्म पनि भुक्तानी नगरेको गम्भीर आरोप लागेको छ। ‎साझेदारी दैनिकका सम्पादक श्यामबाबु प्रसाद यादवले नगरपालिकाको शिक्षा शाखासँग सम्बन्धित प्रक्रियामा कमिसन नदिँदा भुक्तानी रोकिएको दाबी गरेका छन्। ‎ ‎सम्पादक यादवका अनुसार पचरौता नगरपालिकाले २०८२ साल असोज २८ गते करारमा शिक्षक आवश्यकता सम्बन्धी सूचना तथा २०८२ […]

पचरौतामा ‘निमित्त’को राज : विद्यालयका लेखापाललाई शिक्षा शाखाको जिम्मेवारी, प्रशासनिक प्रणालीमाथि गम्भीर प्रश्न

बारा । बाराको पचरौता नगरपालिकामा शिक्षा प्रशासनमाथि राजनीतिक प्रभाव बढ्दै गएको आरोपसहित प्रशासनिक प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ। विद्यालयमा करार सेवामा कार्यरत एक लेखापालले नगरपालिकाको शिक्षा शाखाको नेतृत्व गरिरहेको तथा नियमित प्रमुख प्रशासकीय अधिकृतको सट्टा निमित्त प्रमुखमार्फत पालिकाको प्रशासन सञ्चालन भइरहेको विषय सार्वजनिक भएपछि स्थानीय तहको प्रशासनिक अभ्यासमाथि बहस सुरु भएको हो। स्थानीय स्रोतका […]

पचरौता नगरपालिकामा भ्रष्टाचारको नमूना : भ्रमण खर्चमै ३४ लाख रुपैयाँ स्वाहा !

बारा/युवाहरू जागृत भएपछि भ्रष्टाचार, उत्पीडनका चट्टानहरू ढाल्न र स्वतन्त्रताको झन्डा उठाउन सक्षम हुन्छन्, भनिन्छ । भदौ २३ र २४ दुई दिनको जेन–जी आन्दोलनले नेपालको भ्रष्ट सत्तालगायत शीर्षनेताहरू ढाल्न र परिवर्तनको झन्डा उठाउन सफल भई मुलुकमा भ्रष्टाचार रहित सुशासन र बिकाशको अपेक्षामा नयाँ सरकार गठन गर्न सफल भए । तर सङ्घीयता जनताको घर आँगनमा आएदेखि भ्रष्टाचारको […]

पचरौता नगरपालिकामा इन्धन खर्चमा अनियमितता, नगरप्रमुख जलन्धर सिंह तोकिएको भन्दा झण्डै २२ लाख बढी खर्च

बारा/पचरौता नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा भएको इन्धन खर्चमाथि महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ। कानुनले तोकेको मापदण्ड,बजेट अनुशासन र सरकारी अभिलेख प्रणालीको पालना नगरी लाखौं रुपैयाँ इन्धनमा खर्च गरिएको भन्दै महालेखाले नगरपालिकाको आर्थिक प्रशासनमाथि कडा टिप्पणी गरेको हो। महालेखापरीक्षकको प्रतिवेदनअनुसार नगरपालिकाले एकै आर्थिक वर्षमा रु.८१ लाख ३६ हजार ५ सय ४० रुपैया इन्धनमा खर्च […]

बारामा बृहत् सामाजिक सद्‌भाव र्‍याली

बारा/सुनसरीमा हालै भएको घटनापछि देशका विभिन्न जिल्लामा विकसित परिस्थितिलाई मध्यनजर गर्दै बाराको कलैयामा सामाजिक सद्‌भाव, धार्मिक सहिष्णुता र आपसी भाइचाराको सन्देश फैलाउने उद्देश्यले शनिबार बृहत् सामाजिक सद्‌भाव र्‍याली आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय बारा परिसरबाट बिहान करिब ८ः०० बजे सुरु भएको ¥यालीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले गर्नुभएको थियो। र्‍यालीमा विभिन्न धार्मिक […]

वीरगञ्ज भन्सारमा ‘छुट’को आवरणमा १ करोड ३१ लाख कर घोटाला? कर्मचारी–व्यापारीको साँठगाँठमा राजस्व लुटिएको महालेखाको संकेत

वीरगञ्ज । मुलुककै सबैभन्दा ठूलो राजस्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालय र तत्कालीन सुख्खा बन्दरगाह भन्सार कार्यालयमा कर्मचारी र केही आयातकर्ताबीचको मिलेमतोका कारण १ करोड ३१ लाख २० हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छली भएको तथ्य सार्वजनिक भएको छ। ‎महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार हलो, रोटाभेटरका ब्लेड तथा अन्य कृषि उपकरणका पार्टपूर्जा […]

मधेशमा नेपाली कांग्रेसको पुनर्जागरण: अब आत्मसमीक्षा, संगठन र नयाँ पुस्तासँगको यात्रा : केन्द्रीय सदस्य बिनिता खड्का

मधेश नेपाली कांग्रेसको ऐतिहासिक आधारभूमि हो। लोकतन्त्रको स्थापना, संविधान निर्माण र लोकतान्त्रिक आन्दोलनका प्रत्येक मोडमा मधेशका जनताले नेपाली कांग्रेसमाथि गहिरो विश्वास व्यक्त गरेका छन्। यही विश्वासले कांग्रेसलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको हो। तर समयसँगै राजनीति बदलिएको छ। मतदाताको सोच, युवाको अपेक्षा र समाजका प्राथमिकताहरू परिवर्तन भएका छन्। त्यसैले विगतको गौरव मात्र […]