कलैया : सोमवार ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा बारा सहित देशभर भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइएको ।
यो पर्वको अवसरमा देशभरिका कृष्ण मन्दिरमा श्रद्धापुर्वक पूजा–आराधना,प्रवचन,भजनकीर्तन,भाँकी गर्नुका साथै विशेष गरी महिला,पुरुष व्रत बसी रातभर जाग्राम बसेर पर्वलाई उल्लाहसका साथ मनाईएको छ ।
ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा यस दिन भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
देशभर सहित बाराका विभिन्न स्थानहरुमा रहेको ठूला,साना श्रीकृष्ण मन्दिर तथा प्रणामी मन्दिरहरुमा विहानदेखि नै भक्तजनको भीड लागेको थियो । यसै उपलक्ष्यमा बाराको सिमरा,कलैया, निजगढ,कोल्हवीमा रहेका श्रीकृष्ण प्राणामीमन्दिरहरुलो विभिन विभिन्न धार्मिक कार्यक्रम, झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकालेर पर्व मनाईएको छ ।
यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख लगायतले शुभकामना सन्देश दिएका छन् ।
यसैविच बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयावस्तीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा ‘श्रीकृष्ण जन्माष्टमी’का अवसरमा पनि सोमवार कृष्ण प्रकाट्य महोत्सव मनाईएको छ ।
उक्त महोत्सव उद्घाटन कार्यक्रमको कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी चौधरीले दिपप्रज्वलन गरी उद्घाटन गुर्नभएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी चौधरीले सम्बोधन गर्दै धर्म र संस्कृतिले हामीलाई आत्मा शान्ति र भक्तिमार्गको बाटो देखाउने बताईन ।
उहाले यसै श्रीकृष्ण प्रणामी मन्दिरको निर्माणधीन भवनलाई पुरा गर्ने दायित्व स्थानीय तहको पनि भएको बताउनु हुदै निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेकी छिन ।
उद्घाटन कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडाअध्यक्ष सार्थक पौडेल,श्रीकृष्ण प्रणामी मन्दिर सेवा समिति बारा,पर्साका अध्यक्ष अर्जुन घिमिरे,युवा परिषद मधेश प्रदेश समितिका सचिव उमेश सापकोटा,स्थानीय युवा समाजसेवी लिलाबहादुर बस्नेत,बाईजुराज महिला समितिकी जिल्ला अध्यक्ष मन्दिरा उप्रेति,युवा परिषद बारा,पर्साका उपाध्यक्ष सन्तोष पाण्डे लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
श्रीकृष्ण प्रणामी मन्दिर सेवा समिति नयाँवस्तीका अध्यक्ष होमनाथ उप्रेतिको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा बाईजुराज महिला समिति प्रास नयाँवस्तीकी अध्यक्ष हिरा खड्काले स्वागत मन्तव्य तथा मन्दिर समितिका सचिव नवराज उप्रतिले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
यसैगरी उक्त कृष्ण प्रकाट्य महोत्सवमा पण्डित संजय प्रणामी शास्त्रीले कृष्ण कथा एवम् संगितमय भजनकृर्तन गराउदै हुनुहुन्छ । कार्यक्रम अन्तरगत सन्धयाकालिन शत्रमा भजन कृर्तन एवम विभिन्न झाँकी सहित राती १२ बजेपश्चात श्रीकृष्ण भगवानलाई प्राकाट्य गराएर कार्यक्रमलाई समापन गरिएको मन्दिर समितिका सहसचिव चन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।