नौ किलो लागु औषध गाँजासहित दुई जना मानिस बारा प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ मा नौ किलो लागु औषध गाँजा सहित दुई जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हेटौडा बाट पथलैया तर्फ आउदै गरेको बा.प्र.०२–०२९ प १६०९ नं.को मोटरसाइकललाई रोकी जाँच गर्दा उक्त मोटरसाइकलमा सवार व्यक्तिहरूले पिठयूमा बोकेको व्याग भित्र लुकाई छिपाई गरी ल्याउदै गरेको ४.५ किलोको दरले २ (दुई) वटा व्यागको लागु औषध गाँजा बरामद भएको हो ।

प्रहरीले मोटरसाइकल चालक मकवानपुर मनहरी गा.पा.०८ बस्ने २१ वर्षीय सुवास मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै मोटरसाइकल पछाडी सवार मकवानपुर कैलास गाउँपालिकाका ३० वर्षको देवराज स्याङताङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *