बाराको सिम्रौनगढबाट हतियार सहित पाँच जना पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 80
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादब/

बाराको सिम्रौनगढबाट हतियार सहित पाँच जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुर गाउँबाट पाँच जना हतियारधारी समूहलाई सिम्रौनगढको प्रहरीको टोलिले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट दुई थान पेस्तोल र १० राउन्ड गोली बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभूषण यादवका अनुसार पक्राउपर्नेमा बारा सिम्रोनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने बर्ष ४० को उपेन्द्र पटेल रहेका छन् ।

यस्तै सोही ठाउँका वर्ष २७ को धिरेन्द्र पटेल बर्ष ६२ को रुपलाल पटेल ,जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.२ बस्ने बर्ष ४४ को राजमंगल पटेल र बर्ष ८० को सोभा राउत रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाए ।

बिशेष सूचनाको आधारमा गएको प्रहरीको टोलीले उपेन्द्र पटेलको घरबाट सो परिमाणको हातहतियार लुकाई छपाई राखेको अवस्थामा बरामद गरेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।