भारतीय मोटरसाईकल सहित भन्सार छलीका माल सामान बरामद

गढिमाइ खबर
16 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ बाट सात थान भारतिय मोटरसाईकल सहित भन्सार छलीका माल सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा बाट खटिृएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ७ थान भारतीय मोटरसाईकलमा लोड रहेको रु.एक लाख चालिस हजार रुपैया बराबरको भन्सार छलीका माल समान बरामद गरेको हो ।

बरामद भएको माल सामान सहित बि.आर २९ डी २५४३,बि.आर. ०६ ए.एच.७८१२,बि.आर.०५ ए.डि ५०९५,बि.आर ०५ जे ७७०३, यु.पी.बि.५५९९,बि.आर. ३० डि ८५६८ र बि.आर.२८ बि.५७९४ नम्बरको भारतीय मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

यसैगरी प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वा टोल बाट भन्सार छलीका माल समान बरामद गरेको छ ।प्रहरी चौकी बरियारपुर बाट खटिृएको प्रहरी टोलीले भारत बाट नेपाल तफ भन्सार छली गरी बि.आर.०५ जे.९९१२ नम्बरको भारतिय मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा रु.चौसठ्ठी हजार छौ सय पचाँस रुपैया बराबरको चिनि,खाने तेल,सरफ, साबुन लगायतका सर सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीको गस्ती टोलीलाई देखेर माल सामान ल्याउने व्यक्ति माल सामान र मोटरसाईकल फाली फरार भएका थिए।मोटरसाईकल सहितका उक्त सामानहरु सहित नियनत्रणमा लिई आवश्यक कारवाहीको लागी मंगलबार भन्सार कार्यालय वीरगञ्ज पठाइएको बारा प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ अमरपुर टोल बाट भन्सार छलीका माल सामान बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिृएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भंसार छली गरी बि.आर ०५ टि. १९२७ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको रु.दुई लाख छबिस हजार बराबरको सिलिकन कपडा,भेष्ट,हाल्फ सर्ट बरामद गरेको हो ।

प्रहरीको गस्ती टोलीलाई देखेर उक्त माल समान ल्याउने मानिस मोटरसाईकल र माल सामान छाडी फरार भएका थिए। बरामद भएको माल सामान सहित मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वीरगञ्ज पठाइएको छ।

साझा गर्नुहोस्