सप्तरङ्गी बचत तथा ऋृण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

गढिमाइ खबर
282 पाठक संख्या

गढीमाई संवाददाता

जीतपुरसिमरा उपमहानगरपालिकाको रजघट्टामा रहेको सप्तरङ्गी बचत तथा ऋृण सहकारीको १२ औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले शोभा केसीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले सञ्चालक समितिसहित लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा शिवशंकर चौधरी, सचिव अनिल चौधरी,कोषाध्यक्ष बिदुर खड्का,सदस्यहरुमा राजेन्द्रप्रसाद भट्टराई, कृष्णप्रसाद पुडासैनी, लक्ष्मी मैनाली,मनोज न्यौपाने र बाबुराम वाग्ले रहनुभएको छ ।

यस्तै लेखा समिति संयोजकमा लवप्रसाद थपलिया, सदस्यहरुमा सुनिल बराल र सुष्मा कुमारी पोखरेल निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा साकोसले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा सप्तरंगी समाज सेवा पुरस्कार, दैनिक वचतकर्ता, उत्कृष्ट कारोबार कर्ता,जेष्ठ नागरिक,उत्कृष्ट वचतकर्ता,लगायतलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

साझा गर्नुहोस्