चौगाई फाउन्डेसन द्वारा ५० थान न्यानो कम्बल प्रादेशिक अस्पताल कलैयालाई हस्तान्तरण

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 492
पढ्न लाग्ने समय : 1 मि.

सन्दीप यादव , कलैया । चौगाई फाउन्डेसनले ५० थान न्यानो कम्बल प्रादेशिक अस्पताल कलैयालाई हस्तान्तरण गरेको छ । केही दिन यता अत्याधिक चिसो एवम् शितलहरलाई मध्यनजर गर्दै ५० थान न्यानो कम्बल चौगाइ फाउन्डेसनले प्रादेशिक अस्पताल कलैयालाई हस्तान्तरण गरेको हो ।

चौगाइ फाउन्डेसनको सहयोगमा अशक्त, अति विपन्न, गरिब, गर्भवती , सुत्केरी, एकल महिला तथा असहाय बिरामीहरुको प्रयोगका लागि न्यानो कम्बल प्रादेशिक अस्पताल कलैयालाई हस्तान्तरण गरेको सामाजिक अभियानता हर्स चौगाइ ( बन्टि)ले जानकारी दिएका छन् ।

चौगाइ फाउन्डेसनका अध्यक्ष सुशील चौगाइको सहयोगमा र अनिल चौगाइको अध्यक्षतामा न्यानो कम्बल हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा , प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाइ ,प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल जैसवाल, बारा उद्योग बाणिज्य संघका कोषाध्यक्ष अजय कुमार( बुढा) , सुभम चौगाइ , कम्लेश मण्डल लगायत तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेकोे थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।