कलैया : बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख (मेयर ) बिनोद प्रसाद साह र प्रमुख प्रशासकिय अधिकृत नाथु साह ऐनी हाउ कमाउ धन्दामा लागेका छन् ।
कानुन मिचेर मेयर साह र प्रमुख साह बजेट सकाउनमा लाग्दा आर्थिक वर्ष २०८०/८१ मा मात्रै १३ करोड भन्दा बढी बेरुजु देखिएको छ ।
लेखा परिक्षण ऐन,२०७५ अनुसार कलैया उमहानगरको आर्थिक वर्ष २०८०/८१ को बिनियोजित,राजस्व,धरौटी र अन्य कारोबारको आर्थिक विवरण तथा सो संग सम्बन्धीत कागजपत्र र विवरण परिक्षण गरि तयार गरिएको प्रारम्भीक प्रतिवेदनले १३ करोड ८ लाख २२ हजार २७१ रुपैयाँ बेरुजू देखाएको हो ।
जसमा १ करोड १३ लाख ३६ हजार ६३९ रुपैयाँ असूल गर्नु पर्ने बेरुजूमा बर्गिकरण गरिएको छ भने ७ करोड ६९ लाख ३९ हजार रुपैयाँ अनियमित भएको महालेखाले पुष्टि गरेको छ । यस्तै ३ करोड १५ लाख ८२ हजार रुपैयाँ ८९९ रुपैयाँ खर्चको प्रमाण कागजात पेश नभएको पाईएको छ ।
नगर प्रमुख बिनोद प्रसाद साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहको ऐनी हाउ कमाउ धन्दाको कारण कु शासन स्थापीत भएको छ । उपमहानगरपालिकाको आर्थिक कार्यप्रणालीको लेखाङकन गर्न स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रयोगमा रहेको छ ।
आर्थिक कारोबार गर्दा त्यही सुत्रको प्रयोग गरि सम्पूर्ण आर्थिक कारोबारको लेखाङकन तथा प्रतिवेदन गर्नुपर्दछ भने सोही प्रणालीबाट स्थानीय सरकारको कोषको प्राप्ति र भुक्तानीको एकिकृत बार्षिक प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था छ ।
तर बजेटलाई कमाई खाने भाडो बनाएका मेयर बिनोद साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहले गरिबसंग विशेशवर कार्यक्रम,स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम,स्थानीय तह प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम र समाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमको ४४ करोड ४८ लाख ३४ हजार २४० रुपैयाँ खर्चको सुत्रमा लेखाङकन नगरेको लेखा परिक्षणको प्रतिवेदनले देखाएको छ ।
कमिशनको लोभमा नियतबस मेयर साह र अधिकृत साहले अंकुत सम्पती कमाउने उदेश्यले कानून विपरितका कार्य गरि कलैया उपमहानगरपालिकामा अनियमितता गरिरहेको नगरबासी बताउँछन् ।