नेपाल बीउ व्यवसायी संघ बारामा सर्वसम्मत विद्यानन्द झा

गढिमाइ खबर
82 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति बाराको तेश्रो जिल्ला अधिवेशनले अध्यक्षमा विद्यानन्द झालाई सर्वसम्मत निर्वाचित गरेको छ ।

बाराको सदरमुकाम कलैयास्थित बारा उद्योग वाणिज्य संघको सभा हलमा बुधबार भएको अधिवेशनले झा सहित ११ सदस्यीय जिल्ला कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको हो।

समितिको उपाध्यक्षमा रामअशिष साह,सचिवमा रविन्द्रराज भण्डारी सहसचिवमा नवलकिशोर साह तथा कोषाध्यक्षमा राजु साह निर्वाचित भएका हुन्।

संघको कार्य समिति सदस्यमा सुनिलकुमार साह,रोहितप्रसाद यादव, कृष्णप्रसाद कुशवाहा,रामेश्वर साह,अशोककुमार कुशवाहा र शशीकान्त प्रसाद यादव चुनिएका हुन्।

यस अघि अधिवेशनका प्रमुख अतिथि एवम् नेपाल बीउ व्यसायी संघका केन्द्रिय उपाध्यक्ष छोटेलाल प्रसादले विऊ व्यवसायीको समस्या बढदै गएको जनाए।

उनले पछिल्लो समय नेपालमा बीउ बिजन उत्पादन गर्ने क्रम बढेको जानकारी दिए। उनले नेपाल विऊ विजनमा आत्मनिर्भर नबनेको जानकारी दिए। विउ विजन आयात गर्दा विविध समस्या झेल्नुपर्ने अवस्था रहेको उनको कथन थियो।

स्थानीय तहमा कृषिसम्बन्धी प्रविधिकको अभावमा बीउबिजन र विषादी व्यवसायीहरुले सकृय भूमिका निर्वाह गर्ने गरेको जनाए। उनले विउविजन तथा विषादी व्यवसायीले कृषकको समस्या समाधानमा सहजीकरण गर्दै आएको बताए ।

संघका जिल्ला अध्यक्ष बिद्यानन्द झाको अध्यक्षतामा अधिवेशन सत्र सम्पन्न भएको हो। उक्त कार्यक्रममा बारा जिल्ला भरिका बीउ व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ।

ट्यागहरू :
साझा गर्नुहोस्