शनिवार निर्जला एकादशी पर्व मनाईयो

गढिमाइ खबर
39 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बारामा शनिबार निर्जला एकादशी मनाईएको छ ।

जिल्लाका वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा शनिबार तुलसीको दल राखी निर्जला एकादशी मनाएका हुन ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान,पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको ज्योतिषी पण्डित छविरमण सुवेदीले बताएका छन । सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाले बताए। यस अवसरमा जिल्लाका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

साझा गर्नुहोस्