यात्रुवाहक बस दुर्घटना हुदा एक को मृत्यु ११ घाईते

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

बाराको सिमरामा गएराती भएको बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरा चौकमा गएराती करिब १० बजेको समयमा यात्रुवाहक बस दुर्घटना भएको थियो । चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस मोटरसाईकललाई बचाउने क्रममा आफै अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा परि भारत मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल पर्सा वीरगञ्ज महानगरपालिका वडा ७ बस्ने बर्ष २७ को मुकेश साह रहेका छन । दुर्घटनामा परि घाईते साहलाई पर्सा स्थित बयोधा हस्पिटल गण्डकमा उपचारका लागि लगिएभएपनि सोही क्रममा डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य ११ जना पनि घाईते भएका छन ।

घाईतेहरुको नामावली;
१. जिल्ला बारा, कलैया उ.म.ना.पा. २० बस्ने अ.वर्ष ४५ को विर बहादुर महतोको टाउको र छातीमा चोट अवस्था गम्भिर
२.जिल्ला पर्सा विरगंज म.ना.पा.८ बस्ने अ.वर्ष ३० को सुरज साह कानुको टाउको र छातीमा चोट अवस्था गम्भिर
३.जिल्ला पर्सा, विरगंज म.ना.पा. ८ बस्ने वर्ष १८ की प्रीया गुप्ताको टाउको,खुट्टार शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम
४.ऐ.ऐ. बस्ने अ.वर्ष १६ की मनिषा साहको टाउको र अनुहारमा चोट अवस्था मध्यम
५.ऐ.ऐ.१२ बस्ने सुनिल कुमार गुरुङको छोरी अ.वर्ष २३ की सेजल गुरूङको छातिमा चोट अवस्था मध्यम
६.ऐ.ऐ.८ बस्ने अ.वर्ष ५२ को ललन चौरसियाको टाउको र अनुहारमा चोट अवस्था मध्यम
७.ऐ.ऐ.१२ बस्ने अ.वर्ष २७ को राजन कुमार गुप्ताको छाती र हातमा चोट अवस्था मधयम
८ जिल्ला पर्सा विरगंज म.ना.पा.८ बस्ने अ. वर्ष २८ को मोहन साह कानुको टाउको र छातीमा चोट अवस्था मध्यम
९ जिल्ला बारा कलैया उ.म.ना.पा. ७ बस्ने अ.वर्ष १८ को प्रसाद गुप्ताको टाउको र अनुहारमा चोट अवस्था मध्यम
१०. ऐ.ऐ. ७ बस्ने अ.वर्ष ३५ को अविनाश गुप्ताको दुवै खुट्टा र छातीमा चोट अवस्थआ मध्यम
११.जिल्ला बारा, जितपुरसिमरा उ.म.ना.पा. वडा नं.२ बस्ने नविन राईको छोरा अ.वर्ष १९ को अनिष राईको ढाड र छातीमा चोट अवस्था मध्यम अवस्था मध्यम(बस सहचालक)

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *