बारा । प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा जीतपुरसिमरा मा बस्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने मनोज कुमार श्रीवास्तव रहेका छन् ।
उनलाई पर्सा प्रहरी ले पक्राउ गरेको हो । वीरगञ्जको घण्टाघरमा क्रान्तिकारी युवा संगठनको नामबाट मधेसी दलका नेताहरुको विरोधमा नारा लेखिएको ब्यानर टाँगेको थियो ।
उम्मेदवारलाई व्यक्तिगत लाञ्छना लगाएर टाँगिएको ब्यानर प्रहरीले हटाउने क्रममा श्रीवास्तवले प्रहरीलाई अभद्र व्यवहार गरे पछी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।