राष्ट्रिय परिचय पत्रको कार्ड वितरण कार्य स्थगित

गढिमाइ खबर
48 पाठक संख्या पढ्न लाग्न समय 0 मिनेट
पढ्न लाग्न समय 0 मिनेट

कलैया : जिल्ला प्रशासन कार्यालय बाराले अगामी बैशाख दुई गते सम्मका लागि राष्ट्रिय परिचय पत्रको कार्ड वितरण कार्य स्थगित गरेको छ ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने सेवाग्राहीहरुको अत्याधिक भिडभाड भएको कारणले कार्ड बितरण कार्य स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराईले मंगलबार एक सार्वजनिक सूचना जारी गरी जानकारी दिएका हुन्।

यसबाट सेवाग्राहीमा पर्न गएको असुबिधा प्रति कार्यालय क्षमाप्रार्थी छ सूचनामा उल्लेख गरिएको छ।

साझा गर्नुहोस्