प्रभातफेरी गरी बारामा पनि मनाईयो संविधान दिवस

गढिमाइ खबर
216 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

संदिप प्रसाद यादव/

बाराको कालैया सहित जिल्लाभर संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाईएको छ ।

सदरमुकाम कलैयामा जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा जिल्ला प्रशासन कार्यालयबाट बाजागाजा सहित निकालिएको प्रभात ¥याली कलैया बजारको विभिन्न भागमा परिक्रमा गरि सिद्धेश्वर विद्यालयको खेलमैदानमा कोणसभामा परिणत भएको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवद्धारा २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको घोषणा भएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साह रहनु भएका थिए ।

प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा पश्चात कोणसभा गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साहले निकै संर्घष र बलिदानीबाट आएको संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सबै अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नु भएका थियो ।

सोही कोणसभालाई सम्बोधन गर्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले संविधानले परिकल्पना गरेको मूल्य मान्यता,आदर्शलाई सबैले अङ्गीकार गर्नुपर्ने धारणा व्यक्त गर्दै कानुनी राज्यको आभास नेपाली जनताले गर्न पाएको बताउनु भयो । उहाले असोज ४ गते घरघरमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको हुँदा सबैलाई दिप प्रज्वलन गर्न सापकोटाले आग्रह गर्नु भएका छन् ।

कोणसभामा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास,विवेकशील साझा पार्टीका जिल्ला अध्यक्ष डाक्टर सुशील साह,नेपाल मजदुर किसान पार्टीका अध्यक्षका मुक्ति यादव, नेकपा समाजवादी पार्टीका युवा नेता ध्रुव यादव लगायतले संविधानको रक्षा गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

प्रभातफेरीमा कलैया बाल एकता सेकेन्डरी स्कुल +२ बिज्ञान तथा म्यानेजमेन्ट कलेज, कलैया ब्राइट लायणड स्कुल,मनकामना बोर्डिङ,स्कुल र मेरी गोल्ड माध्यमिक बोर्डिङ स्कुलको सहभागिता रहेको थियोे ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति चण्डिका उप्रेती सापकोटा,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले,सशस्त्र प्रहरी बाराका प्रमुख टोप बहादुर डाँगी,रास्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख अभिनय कुमार सिंह,ज्वाला दल गण बाराका प्रमुख सेनानी कुमार श्रेष्ठ,बाल एकता सेकेन्डरी स्कुल +२ बिज्ञान तथा म्यानेजमेन्ट कलेजका प्रधानाध्यापक रुपेश कुमार स्वर्णकार,समाजसेवी,विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू,सन्चारकर्मी तथा निजी विद्यालयका बालबालिकाहरू लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सन्चालन जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले गर्नुभएको थियो ।

 

साझा गर्नुहोस्