बारा प्रहरीले कुखुराको चल्ला नष्ट गरेको छ ।
कलैया उप–महानगरपालिका वडा नं.२३ भतौडामा गस्ती गर्ने क्रममा प्रहरीले अबैध रुपमा भारतबाट भित्राईएको अबैध चल्ला बरामद गरेको हो ।
भतौडास्थित बा.३६ प ७२७३ नं.को मोटरसाईकलमा अबैध रूपमा भारतबाट ल्याउदै गरेको १६ कार्टुन कुखुराको चल्ला खोल्टोमा पुरेर नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेका अनुसार नष्ट गरिएको चल्लाको मूल्य करिब १ लाख ६० हजार रहेकोे छ ।