निजगढ नगरपालिकाको विनियोजित ९५ करोडको बजेट पारित

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 487
पढ्न लाग्ने समय : 1 मि.

चालु आर्थिक बर्ष २०७९/०८० का लागि २४ करोड ७२ लाख सशर्त अनुदानसहित ९५ करोडको विनियोजन बजेट बाराको निजगढ नगरपालिकाको नगरसभाले पारित गरेको छ ।

१०औं नगरसभाको अधिवेशनको अन्तरगत विहीवार सम्पन्न दोस्रो बैठकले बजेट बिनियोजन पारित गरेको हो ।

नगरपालिकाकी उपप्रमुख सोममाया थिङले सभामा बजेट प्रस्तुत गर्नुभएको उक्त बजेट बहुमतले पारित गरेको छ ।

नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० का लागि कृषी, सिचाई र खानेपानीलाई प्राथमिकता दिएको छ ।

नगरपालिकाले बजेटमा डिप बोरिङ, सिँचाई तथा खानेपानी निर्माणतर्फ १३ करोड ८ लाख र तटबन्द निर्माणमा ६० लाख रुपैया विनियोजन गरिएको छ ।

यसैगरी सडक, नाला र अन्य पूर्वाधार निर्माणको लागि ५ करोड ७२ लाख रुपैया विनियोजन भएको छ ।

सभाले विनियोजन विधेयक सर्वसम्मतिले पास गर्नुका साथै न्यायिक समिति समेत गठन गरेको छ ।

उपप्रमुख संयोजक रहने समितिको सदस्यमा वडा नम्बर ६ का वडाध्यक्ष घनश्याम तिमिल्सिना र कार्यपालिका सदस्य रेणुकुमारी दर्जीलाई चयन गरिएको नगरपालिकाले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।