गाउँपालिकाको उपाध्यक्षमा चुनाव लडेकि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदिकी पत्नी पराजित भएकी छिन ।
पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा लडेकी मुख्यमन्त्री राउतकी पत्नी जलेखा खातुन पराजित भएकी हुन ।
गाउँपालिकाकी उपाध्यक्षमा उनी नेपाली काङ्ग्रेसकी उम्मेदवार बबिता सिंहसीत २ हजार ४०८ मत अन्तरले पराजित भइन ।
उपाध्यक्षमा सिंह ५ हजार ५३१ मत प्राप्त गरि बिजयी भइन ।उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मिरा देबि कुर्मीले ३ हजार ३४५ मत ल्याइन ।
मुख्यमन्त्री राउतकी पत्नी खातुनले ३ हजार १२३ मत ल्याएर तेस्रो स्थानमा चित बुझाइन ।
यस्तै जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसका श्रीकान्त यादव ५ हजार ७४१ मत प्राप्त गरि बिजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मोहमद सलिम मन्सुरले ३ हजार ९२६ मत ल्याए ।तेस्रो स्थानमा रहेका जसपाका कृष्णमोहन यादवले ३ हजर ४८७ मत प्राप्त गरे ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा जसपा बिजयी भएको थिए ।