हिन्दु परिषद नेपालद्धारा वृहत रयाली तथा विरोध प्रदर्शन

गढिमाइ खबर
54 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया उपमहानगरपालिका वडा नं. १९ ईनरवारी गाउँमा यही कार्तिक २४ गते छठ पर्वका दिन हिन्दु माथी भएको दमन विरुद्ध हिन्दु परिषद नेपाल बाराले सोमवार वृहत रयाली एवम् विरोध प्रदर्शन गरेको छ ।

कलैया स्थित सिदेश्वर मन्दिरमा हिन्दु समाजहरु भेला भै निस्केको वृहत रयाली विभिन्न नारा लगाउदै कलैया भरत चोकमा कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभामा हिन्दु परिषद नेपालका केन्दिय अध्यक्ष सन्तोष पटेलले हिन्दुहरुको महान पर्व छठीमाईको पुजाको दिन हिन्दु माथी भएको घटनाको विरोध गदै दोषीहरुलाई करवाही गर्न सम्बन्धी निकायसंग अपिल गरेका छ ।

हिन्दु परिषद नेपाल बाराका अध्यक्ष गोपाल दास बैरागीको अध्यक्षतामा भएको कोणसभामा परिषदका केन्दिय कोषाध्यक्ष सुरेश साह,राधेश्याम,शिवनारायण पटेल,कमलेश सहनी,सुनिता देवीले हिनदु माथी भएको घटना दोषीहरुलाई कारवाही गर्न माग गरेका छ ।

 

साझा गर्नुहोस्