तारा ईन होटलमा सिबिआईको छापा,नक्कली नोट छाप्ने तथा कारोवारी गर्ने केही ५ जना पक्राउ

गढिमाइ खबर
60 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बाराको निजगढस्थित एक होटलमा प्रहरीले लामो प्रयासपछि छापामारी गरेर पाच जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सिआईवी)को टोलीले होटल तारा ईनमा शनिबार छापामारी गरेको हो ।

सिआईवीले लामो प्रयास पछि उक्त होटलमा छापा मारेर उनीहरुलाई मानिसलाई पक्राउ गरेको जनाएको छ ।

सिआईवीका सादा पोशाकमा रहेका प्रहरी टोलीले शनिवार बिहान ११ बजेदेखि होटल तारा ईनलाई घेराउ गरी साँझ करिब ५ बजेति नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरु पाँच जनालाई प्रहरीले उनीहरुको पहिचान खुलाईएको छैन ।

तर उनीहरु जाली नोटको कारोबारमा संलग्न रहको आशंकामा विशेष सुचनाका आधारमा सिबिआईको टोलीले छापामारी गरेर पक्राउ गरिएको एक स्रोतले बताएको छ ।

उक्त विषयको विस्तृत विवरण सिआईवी तथा जिल्ला स्थित प्रहरीले कुनै जानकारी गराएको छैन ।

घटनाका वारे अनुसन्धान भईरहेकोले बिस्तृत बिबरण सम्पन्न भएपछि सार्वजनिक गर्ने बताईएको छ ।

यता छापामारी वारे आफुहरुलाई विस्तृत विवरण नआएकोले विस्तृत विवरण आएपछि पत्रकार सम्मेलन गरेर नै जानकारी गराउने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी गराए ।

 

साझा गर्नुहोस्