बारा । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।