वीरगञ्ज–३१ कोन्हियाँमा कर्णद्वारा घरदैलो

गढीमाईखवर डट कम
106 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्णले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कोन्हियामा बिहीबार रात्रि सभा गरेका छन ।

पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका उनले वडाबासीहरुबीच पुगेर उनीहरुको समस्या र गुनासोको बारेमा छलफल गरेका थिए ।

सोक्रममा वडाबासीले बिकाश निर्माणका बारेमा आ आफनो समस्याहरु कर्ण समक्ष राखेका थिए ।

उनले मँसिर ४ को निर्बाचनलाई महापर्बको रुपमा मनाउन तथा पाँच दलीय बाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह समेत गरेका थिए ।

रात्रि सभा गर्दै कर्णले पाँच बर्षमा चुनाव आउने भएकाले जनता यस्तो बेलामा सचेत भई मत दिनुपर्ने आवशयकता रहेको बताए ।

उनले सँबिधानको रक्षा र बिकाशको निम्ति देशमा पाँच दलीय गठबन्धन बनेकाले यस गठबन्धनले नै देशको बिकाश सम्भव रहेको बताए ।

कोन्हियाँ टोल निवासी राजेश पटेलको नेतृत्वमा घरदैलो सम्पन्न भएको थियो ।

साझा गर्नुहोस्