सहिद मनोज,झपेन्द्र र सुरेन्द्र स्मृति दिवसमा फलफूल तथा जुस वितरण

गढिमाइ खबर
181 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाराले प्रादेशिक अस्पताल कलैयामा बिहीबार फलपूmल तथा जुस वितरण गरेको छ। उसले सहिद मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसरमा उपचाररत बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको हो।

“सम्पूर्ण निजामती कर्मचारी एकजुट होऔं” भन्ने मूल नारासहित सो कार्यक्रम भएको हो। कार्यक्रममा आपतकालीन , आईसीयू, गर्भवती महिला वार्ड, जेनेरल वार्ड र अपरेशन वार्डमा रहेका ७० जना बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरिएको संगठनका अध्यक्ष सागर साहले साझेदारी दैनिकलाई जानकारी दिए।

स्मृति दिवसको अवसरमा सहिद मनोज, झपेन्द्र र सुरेन्द्रको प्रतिमामा फूलमाला र अबिर अर्पण गरिएको थियो। सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी थिए।

सो कार्यक्रममा राष्ट्रिय अनुसन्धान उप–निर्देशक बाराका प्रमुख सरोज निरौला, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित, संगठनका उपाध्यक्ष सुरेशकुमार साह, सचिव रामजनम पण्डित, सह–सचिव सुनिल कुमार साह, कोषाध्यक्ष केशव चौहान, सदस्यहरू अरुण बस्नेत, रमेश प्रसाद कुर्मी, कविता देवकोटा न्यौपाने, प्रभुराम, टेकबहादुर घिमिरे, बच्चा सिंह कलवार लगायत जिल्ला कार्य समिति सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

सोही अवसरमा प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकमा रगतको अभाव भएका कारण संगठनकी महिला उपाध्यक्ष भावना कर्णले आकस्मिक रक्तदान समेत गरेकी थिइन्।

साझा गर्नुहोस्