जीतपुरबाट मोटरसाईकल चोर पक्राउ

गढीमाईखवर डट कम
123 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरबाट मोटरसाईकल चोर पक्राउ परेको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक अजय रामको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधवाराती मोटरसाईकल चोरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ५ बस्ने वर्ष २१ को यमनारायण चौधरी रहेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय अगाडि पर्किङ गरि राखिएको प्र २ –३–१९ प ५४९३ नम्बरको मोटरसाईकल चोरी गर्न खोजेका थिए । बाराको प्रसौनी बस्ने निपु गुप्ताको २०० सिसिको पल्सर मोटरसाईकल बाहिर राखेर ब्यपारीक प्रयोजनका लागि कार्यालय भित्र नपुग्दै चोरले मोटरसाईकल चोर्ने प्रयास गरेको हो।

मोटरसाईकल चोरी गर्दै गरेको देखेर सवारी धनि गुप्ताले आफ्नो मोटरसाईकल चोरी भैरहेको हल्ला गरेका थिए । हल्ला सुनेर चोर बाईक छोडेर भाग्न खोज्दा स्थानीयले चोरलाई समातेर प्रहरीको जीम्मा लगाएका थिए ।

पक्राउ परेका मोटरसाईकल चोर चौधरीलाई आवश्यक अनुसन्धानकोलागि ईलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाईएको छ ।

साझा गर्नुहोस्