रञ्जन यादब
लाखौँ खर्च गरेर जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा बनाईएको सर्पदन्स उपचार केन्द्र बर्षौ देखि अल्पत्र परेको छ । बिना कुनै दिर्घकालिन योजनाबिना करिब ४ बर्ष अगाडि श्री नं.२८ बाहिनी भित्र बनाईएको सर्पदन्स उपचार केन्द्रलाई सञ्चालनकोलागि नेपाल सरकारको स्वास्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड भित्र नपरेका कारण सञ्चालनको अनुमती दिएको छैन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले ईपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले तोके बमोजिम मापदण्डको संरचना र भेन्टीलेटर सहितको उपकरणको अभावमा सर्पदन्स उपचार केन्द्रले सञ्चालन अनुमती नपाएको बताउँनुभयो ।
स्वास्थ्य महाशाखाले सञ्चालन अनुमति पश्चात मात्र सर्प टोकेको मानिसको उपचारमा चाहिने एन्टी स्नेक भेनोम सिरम भेक्सिन पठाउँने ब्यवस्था छ । करिब पाँच लाखको लागतमा उपमहानगरपालिकाले खरिद गरेको औषधी पनि प्रयोगमा नआएर म्याद गुज्रि खराब भएको छ ।
सर्पदन्स उपचार केन्द्र सञ्चालनको निम्ति नेपाली सेनाको श्री नं.२८ बाहिनी अड्डा र जीतपुुरसिमरा उपमहानगरपालिकाबिच सम्झौता भएको छ । सम्झौतामा भौतिक पुुर्बधार र आवश्यक सामग्री उपमहानगरपालिकाले उपलब्ध गराउँने र प्राबिधिक सेवाहरु नेपाली सेनाले प्रदान गर्ने उल्लेख छ । तर उपमहानगरपालिकासँग भएको सम्झौताको म्याद पनि सकिएको छ ।
श्री नं.२८ बाहिनी मेडिकल क्षेत्रको कार्य गर्नकोलागि बनाईएको बाहिनी हो । बाहिनी पनि केही महिनामै हेटौडामा सार्ने गृहकार्य भईरहेको श्री नं.२८ बाहिनीका एक अधिकारीले बताउँनुभयो ।जीतपुुरसिमरा उपमहानगरपालिकाको कार्यालयले २२ लाख ५१ हजार २ सय ५४ रुपैयाको लागतमा सर्पदन्स उपचार केन्द्रकोलागि दुई कोठे भवन र एउटा सौचालय निर्माण गरेको छ ।जितपुरसिमरा उपमहानगरपालिकाको ध्यान पनि श्री नं.२८ बाहिनीमा सर्प दन्स केन्द्र सञ्चालन नगरेर सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमै सञ्चालन गर्ने देखिन्छ ।