लाखौँ खर्च गरेर जीतपुरमा बनाईएको सर्पदन्स उपचार केन्द्र बषौँ देखि अल्पत्र

गढीमाईखवर डट कम
271 पाठक संख्या

रञ्जन यादब

लाखौँ खर्च गरेर जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा बनाईएको सर्पदन्स उपचार केन्द्र बर्षौ देखि अल्पत्र परेको छ । बिना कुनै दिर्घकालिन योजनाबिना करिब ४ बर्ष अगाडि श्री नं.२८ बाहिनी भित्र बनाईएको सर्पदन्स उपचार केन्द्रलाई सञ्चालनकोलागि नेपाल सरकारको स्वास्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड भित्र नपरेका कारण सञ्चालनको अनुमती दिएको छैन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले ईपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले तोके बमोजिम मापदण्डको संरचना र भेन्टीलेटर सहितको उपकरणको अभावमा सर्पदन्स उपचार केन्द्रले सञ्चालन अनुमती नपाएको बताउँनुभयो ।

स्वास्थ्य महाशाखाले सञ्चालन अनुमति पश्चात मात्र सर्प टोकेको मानिसको उपचारमा चाहिने एन्टी स्नेक भेनोम सिरम भेक्सिन पठाउँने ब्यवस्था छ । करिब पाँच लाखको लागतमा उपमहानगरपालिकाले खरिद गरेको औषधी पनि प्रयोगमा नआएर म्याद गुज्रि खराब भएको छ ।

सर्पदन्स उपचार केन्द्र सञ्चालनको निम्ति नेपाली सेनाको श्री नं.२८ बाहिनी अड्डा र जीतपुुरसिमरा उपमहानगरपालिकाबिच सम्झौता भएको छ । सम्झौतामा भौतिक पुुर्बधार र आवश्यक सामग्री उपमहानगरपालिकाले उपलब्ध गराउँने र प्राबिधिक सेवाहरु नेपाली सेनाले प्रदान गर्ने उल्लेख छ । तर उपमहानगरपालिकासँग भएको सम्झौताको म्याद पनि सकिएको छ ।

श्री नं.२८ बाहिनी मेडिकल क्षेत्रको कार्य गर्नकोलागि बनाईएको बाहिनी हो । बाहिनी पनि केही महिनामै हेटौडामा सार्ने गृहकार्य भईरहेको श्री नं.२८ बाहिनीका एक अधिकारीले बताउँनुभयो ।जीतपुुरसिमरा उपमहानगरपालिकाको कार्यालयले २२ लाख ५१ हजार २ सय ५४ रुपैयाको लागतमा सर्पदन्स उपचार केन्द्रकोलागि दुई कोठे भवन र एउटा सौचालय निर्माण गरेको छ ।जितपुरसिमरा उपमहानगरपालिकाको ध्यान पनि श्री नं.२८ बाहिनीमा सर्प दन्स केन्द्र सञ्चालन नगरेर सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमै सञ्चालन गर्ने देखिन्छ ।

साझा गर्नुहोस्