कोरोना भाइरस बारे सचेतना कार्यक्रम तथा मास्क वितरण

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

रबिन्द्र प्रसाद साह/
ग्रामीण उत्थान अभियान कलैया –४ बाराको आयोजना तथा समता न्याय र शान्तिका लागि कार्य गर्ने संस्था टेवा धापाखेल काठमाडौंको सहयोगमा कलैया बजारका तरकारी ब्यापारीहरुलाई मास्क दिई , सेनिटाईज गरि कोरोना खोप बारे सचेतना जगाएको छ ।

कोरोनाको अर्को स्वरुप ओमिक्रोनलाई मध्यनजर गरि बजारमा हुने गरेको भिडलाई मध्य नजर गरि तरकारी बेच्ने किसानहरुलाई मास्क बितरण गरेको आयोजक संस्थाका अध्यक्ष मोकद्दम अन्सारीले जानकारी गराएका छन ।

अन्सारीले मास्क सङ्गै आम किसान समक्ष कोरोना खोप को पुर्ण मात्रा लिए नलिएको बारे तथ्यांक समेत संकलन गरिएको बताएका छन । अध्यक्ष अन्सारीले खोपको फाईदाका बारेमा समेत किसानहरुलाई बुझाईएको बताए ।

खासगरी बजारमा हामी सबै तरकारी किन्ने गरेकाले यसमा सबै सचेत हुनुपर्ने र एक जना तरकारी ब्यापारीको लापरबाहीका कारण धेरैजनालाई रोग लाग्न सक्ने भन्दै त्यस बारे सबै बजारका सामन्य किसान ब्यापारी सचेत हुन भन्ने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष अन्सारीले बताएका थिए ।

स्वास्थ सामग्री बितरण गर्न संस्थाका पदाधिकारी सहित साधारण सदस्य र महिला कर्मचारी गरि ३० जनाको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *