कलैया । बाराका एक युवाले चितवनमा आफैले देहत्याग गरेका छन । ।
ती युवकले आफ्नै शरीरमा आगो लगाएर देहत्याग गरेको हुन । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएको चितवन प्रहरीले जनाएको छ ।
जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवम् प्रबक्ता भेषराज रिजालले बताएका छन ।
जयसवाले सोमबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका थिए । शरीरमा आगोले जलेर घाईते भएका जयसवाललाई सोमबार नै उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर हस्पिटलमा लगिएको थियो ।
उपचारका क्रममा सोमबार राति १०ः४० बजे नै जयसवालको मृत्यु भएको चितवन प्रहरीले जानकारी गराएको छ ।









