पर्सा प्रहरीद्रारा बिल बिजक भन्दा बढी सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा

गढिमाइ खबर
255 पाठक संख्या

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवापोखरी चोकस्थित सडकखण्डमा जाँच गरेको थियो ।

जाँचको क्रममा ना.३ ख ९३२ नम्बरको मालवाहक ट्रकमा लोड रहेको सामान बिल बिजक भन्दा बढी सामान लोड रहेको पाइएको प्रहरीले जनाएको छ ।

उक्त सामान र ट्रकलाई २४ लाख ४६ हजार ५३५ रुपैया मूल्यांकन गरी अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

साझा गर्नुहोस्