कलैया । बारा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) का नेता जितेन्द्र सोनल विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी एमाले र जसपाका संयुक्त उम्मेदवार आत्माराम साहलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सोनलले १३ हजार ५ सय ९६ मत ल्याए भने साहले ८ हजार २ सय ६२ मत ल्याएका हुन् ।