वीरगञ्जको लक्ष्मणवामा कर्णद्वारा भेटघाट तथा घरदैलो सम्पन्न

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 446
पढ्न लाग्ने समय : 1 मि.

वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्णले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।उनले शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा घरदैलो कार्यक्रम गरेका हुन ।लोसपाका नेता कर्ण पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन ।

यसैबीच वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नी टोलमा शुक्रबार लोकतान्त्रिक समाजबादी पार्टीले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा २९ जना पार्टीमा प्रबेश गरेका छन ।

कार्यक्रममा उमेश महतोको नेतृत्वमा २९ जनाले अन्य पार्टी छाडी लोसपामा प्रबेश गरेका थिए ।कार्यक्रममा उमेश महतोसँगै लक्ष्मण पासवान,राकेश राम,अजय राम,रामलखन महतो,मैना देबी,सुगान्धि,सहोदरी देबी लगायत लोसपामा प्रबेश गरेका थिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।