प्रसौनीको रामजानकी विद्यालयमा अनियमितता : खाजा बिना विद्यार्थी,हाजिरी फुल

गढिमाइ खबर
283 पाठक संख्या

कलैया,२१ असार  । बाराको प्रसौनी गाउँपालिका–३ नौतनस्थित श्री रामजानकी नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको दिवा खाजा कार्यक्रममा अनियमितता देखिएको छ।

शिक्षा मन्त्रालयको निर्देशनअनुसार सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई सातामा ६ दिन खाजा खुवाउने व्यवस्था रहेको छ। उक्त विद्यालयमा प्रत्येक शुक्रबार खाजा नखुवाई विद्यार्थीहरूको हाजिरी कागजमा बनाइने गरेको पुष्टि भएको छ।

अभिभावकले गुनासो गरेपछि स्थलगत अनुगमनमा पुगेको संचारकर्मीको टोलीले विद्यालयमा विद्यार्थीलाई भोकै पाएको हो। कागजमा सबै विद्यार्थि उपस्थित देखिएको प्रमाण फेला पारेको हो।

उक्त विद्यालयमा कक्षा ईसीडीदेखि कक्षा ५ सम्म एक सय ६८ जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये धेरैजसो विद्यार्थीले शुक्रबारको खाजा कहिल्यै नपाएको गुनासो गरेका छन्।

बिधालयमा हाफ पढाइ हुने बहानामा विद्यालयले नियमित खाजा वितरण नगर्ने गरेको विद्यार्थीहरूको गुनासो रहेको छ। “शुक्रबार हाफ कक्षा हुन्छ, खाजा खुवाइँदैन,“तर हाजिरी चाहिँ शिक्षकहरुले बनाउने गरेको बिद्यार्थीहरु बताउँछन्। विद्यालयका प्रधानाध्यापक प्रेमचन्द्र प्रसादले खाजा खुवाउन रकम अपुग हुने गरेको जनाए।

मासुको मूल्य बढेमा शुक्रवारको खाजा कटौती गरी अन्य दिन दिवा खाजा खुवाउने गरेको बताए। “मासु महँगो हुँदा बजेट पुग्दैन,“ उनले स्पष्ट पारे, “तर अबदेखि सेड्युल अनुसार नै खाजा खुवाउने छौं” उनले भने। शुक्रबार खाजा नखुवाइएका दिनको समेत हाजिरी मिलान गरेर कागजमा देखाउने गरिन्छ।” प्रधानाध्यापक प्रसादले नै स्वीकार गरे ।

यता प्रसौनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोषसाह रौनियारले यसबारे जानकारी दिदैै शुक्रबार खाजा नखुवाएको पुष्टि भए कडा कारबाही गरिने बताएका छन्।

“हप्ताको छ दिन शुक्रबार खाजामा फलफूल खुवाउने व्यवस्था छ,“ उनले भने, “विद्यार्थीलाई खाजा नदिई हाजिरी देखाउन नमिल्ने उनले भने । यो विषयमा सत्यतथ्य बुझी छानबिन गरिने उनले समेत बताए।

साझा गर्नुहोस्