बाराको महागढीमाई नगरपालिकामा संचालित चारदिन प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित वुट क्याम्प तालिम सम्पन्न गरिएको छ ।
माण्डवीको सहजिकरण तथा आयोजनामा र आईएफईएसको प्राविधिक सहयोगमा महागढीमाई नगरपालिकाको वडा नम्बर २ मा रहेको सभाहलमा संचालित उक्त तालिम फागुन २८ शनिबारदेखि शुरु भई मंगलवार सम्पन्न गरिएको हो ।
सो तालिम महागढीमाई नगरपालिकाकी उपप्रमुख तारादेवी कानुको प्रमुख आतिथ्यतामा तथा माण्डवीका कार्यक्रम अधिकृत राजु कुमार साहको अध्यक्षतामा समापन गरिएको थियो।
तालिममा आउने निर्वाचनमा महिला वडा सदस्यहरूको सहभागिता बढाउने तथा महिला वडा तिनिहरूको नेतृत्व क्ष्मता विकास गर्ने मुख्य लक्ष्यको रहेको आयोजकले जनाएको छ ।
तालिममा प्रशिक्षकमा निभा सिंह र नेक महम्द हुसेन रहेक छन । समापन कार्यक्रममा स्वागत मन्तव्य माण्डवीका सामाजिक परिचालक अनिल साहको रहेको थियो भने सञ्चालन माण्डवीकी प्रशासक सहायक (एडमिन) सुप्रीया चौधरीको रहेको थियो ।









