इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्वको रमजान सुरु

गढिमाइ खबर
220 पाठक संख्या

कलैया : इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्वको रुपमा रहेको रमजान पर्व आज आईतबारदेखी सुरु हुदै छ ।

झण्डै एक महिना सम्म चल्ने यो पर्वमा मुस्लीम समुदायहरुले दिनमा निराहार बस्ने गर्दछन । महिना दिनसम्म मनाईने यो पर्वलाई रोजा पनि भन्ने गरिन्छ ।

उर्दू क्यालेण्डर अनुसार रोजा बस्न सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर रोजा खोल्ने चलन छ । यो चलन अनुसार नै निराहार बस्नुलाई रोजा भन्ने गरिन्छ ।

रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने चलन रहेको कलैयाका अब्र्दुल रहिम अंसारीले बताएका छन । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहने अंसारीले बताए ।

रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने जनविश्वास लिएको पनि बताईन्छ ।

यो पर्व र ब्रतलाई मुस्लीम धार्मिक विस्वासका अनुसार दान दिनु गरिब र दीनदुःखीको सेवा गर्नु,जकात निकाल्नु यो महिनाको विशेषता हो ।

साझा गर्नुहोस्