गढीमाई महेन्द्र माविका शिक्षक सिंहले गरे दुई दिनको अग्रिम हाजिरी

गढिमाइ खबर
94 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बाराको एक विद्यालयका एक शिक्षकले दुई दिनको अग्रिम हाजिरी गरेको खुलेको छ ।

जिल्लाको बरियारपुरमा रहेको गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक बिधालयका प्राथमिक शिक्षक रमेशकुमार सिंहले दुई दिनको अग्रिम हाजिरी बनाएको पाइएको हो ।

महागढीमाई नगरपालिका वडा नम्बर –१ मा रहेको गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक बिद्यालयका तृतीय तहका प्राथमिक शिक्षक सिंहले चैत महिनाको १३ र १४ गते दुई दिनको अग्रिम हाजिरी बनाएको भेटिएको छ ।

शिक्षक सिंहले चैत १ गते देखी ३ गतेसम्म हाजिरी गरेको हाजिरी पुस्तिकामा देखिएको छ। भने ४ गतेदेखी १२ गतेसम्म उनले हाजिरी नै गरेका छैनन्। चैत १३ र १४ गतेको अग्रिम हाजिरी गरिएको उनका हाजिरी किताब बाहिरिएको छ । उनको हालसम्म हाजिरीमा रातो मसिले हाजिरी काटिएको छैन्।

शिक्षक सिंह शक्तिको आडमा समयमा बिद्यालय नआउने,मनपरी ढङ्गले बिधालय आउने र हाजिरी गर्ने गरेको श्रोतले जनाएको छ। यस विद्यालयमा शिक्षक सिंह गत वर्ष २०८० चैत २८ गते स्थायी शिक्षकको रुपमा नियुक्त भएका हुन्।

यसै विषयमा बिधालयका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादवको ९८४५०९४३१४ नम्बरमा पटकपटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

साझा गर्नुहोस्