टिपरको ठक्करबाट एकको मृत्यु दुई घाइते

गढिमाइ खबर
95 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : टिपरको ठक्करबाट सैनिक पटेल भन्ने बिशेष कुमार पटेलको ज्यान गएको छ।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्दा प्रहरीले तत्काल बताउन नचाहेकोले घटनाको सूचना लुकाउने प्रयत्न भएको देखिएको छ।

उक्त सवारी दुर्घटना फागुन १४ गते बुधबार बेलुका ७ बजेको बिचमा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वामा भएको हो।

ईनर्वा चौकबाट तेलकुवा तर्फ जादै गरेको बि.आर ०१ एफ.के ९६४० नम्बरको भारतिय मोटसाईकल र बिपरित दिशाबाट आउँदै गरेको ना.७ ख २९६६ नम्बरको टिपरले मोटसाइकललाई ठक्कर दिँदा पटेलको दुर्घटनास्थलमै मृत्यु भएको थियोे।

मृत्यु हुनेना मोटरसाइकल चालक जिल्ला रौतहटको बृन्दाबन नगरपालिका – १ बिश्रामपुर टोल बस्ने अन्दाजी २० वर्षीय सैनिक पटेल भन्ने बिशेष कुमार पटेल रहेको श्रोतले जानकारी दिएको छ।

गम्भीर घाईते भएका सोही मोटरसाइकल पछाडी सवार बाराको महागढीमाई नगरपालिका –७ रहुवाई बस्ने अन्दाजी २० वर्षीय सुशान्त पटेल र सोही पालिका का वडा नम्बर ९ पिपरा बस्ने अन्दाजी २१ वर्षीय शिव पुजन पटेललको बयोधा अस्पताल वीरगंज पर्सामा उपचार भईरहेको छ।

घाईतेहरूलाई उपचारको लागी प्रादेशिक अस्पताल कलैया बारामा लगे पश्चात चिकित्सकले चेकजाँच गर्दा पटेलको मृत्यु भएको घोषणा गरेको थियोे ।

पक्राउ पर्नेमा टिपर चालक बाराको आदर्शकोतवाल गाउँपालिका – १ जमुनिया बस्ने अन्दाजी २७ वर्षीय राकेश साह रहेको श्रोतले जनाएको छ। टिपरसहित चालक साहलाई नियन्त्रणमा लिई सवारी ज्यान कसूर मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट ७ दिन म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको छ।

यता यस विषयमा बुझन खोज्दा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङलाई ९८५५००५५५५ मा सम्पर्क गर्दा उनको कल रिसिभ भएन। यस घटनाको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

साझा गर्नुहोस्