मधानी महोत्सव रोक्न खोजे जनस्तरबाटै विद्रोह हुने अध्यक्ष साहको चेतावनी

गढिमाइ खबर
163 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रौतहट :पूर्वमन्त्री तथा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देवताको भूमि रहेको मौलापुरको मधानी महोत्सव रोक्न खोज्ने जनस्तरबाटै विद्रोह हुने चेतावनी समेत दिएका छन ।

रौतहटको राजपुर नगरपालिकामा आजपाद्धारा शनिबार आयोजित नगर भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने चेतावनी दिएका हुन ।

अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव,अनि नेपाल र भारतका लाखौं भक्तजनको आस्था जोडिएकोले यो महोत्सव रोकिए जनस्तरबाटै विद्रोह हुने अध्यक्ष साहको दावी छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताले धर्ममाथि टक्कर दिन खोजेको आरोप लगाउदै अब ओली सरकार अब ठक्कर खाने उदघोष साहले गरे ।

सो अवसरमा बोल्दै उनले प्रधानमन्त्री ओलीबाट नेपालमा हिन्दू धर्म र आस्थामाथि एकपछि अर्को प्रहारको श्रृंखला चलेको आरोप लगाउदै होलीवाईनको पाईन नदेखाउन साहले चुनौति दिएका छन् । ‘होलीवाईनको पाईन नदेखाउन म यही माटोबाट ओली एण्ड कम्पनीलाई चूनौति दिन चाहन्छु ।’, साहले भने ।

केपी ओलीबाट देशमा विकास र निकास दुवै असम्भव भएको बताउदै उनले जनकपुरमा उहिल्यैदेखि चलेको रेलबारे फेरि झेली कुरा गरेको आरोप लगाए । खासमा भन्ने हो भने केपी ओली बोकेको कांग्रेस अहिले निल्नु न ओकल्नु पर्ने अवस्थामा आईपुगेको साहको भनाई छ ।

रौतहटको मौलापुर नगरपालिकाकामा आईतवारदेखी मधानी महोत्सव शुरु हुदै छ । महोत्सवको उद्घाटन अध्यक्ष साहले नै गर्ने कार्यक्रम रहेको छ ।

साझा गर्नुहोस्