सिमरा :प्रणामी व्यावसायी संघ नेपालको चौथो केन्द्रीय वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनले पुनः विष्णुप्रसाद वाग्लेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकाको पिलुवामा शनिवार सम्पन्न भएको अधिवेशनले संघको उपाध्यक्ष द्वयमा कृष्णप्रसाद घिमिरे,रामप्रसाद पोखरेललाई सर्वसम्मत चयन गरेको हो।
यस्तै महासचिवमा प्रमोद वाग्ले,सचिवमा देवी प्रसाद अधिकारी,कोषाध्यक्षमा श्यामप्रसाद मुडभरीलाई सर्वसम्मतले चयन गरेको छ। समितिको सदस्यमा विनोद पुडासैनी,राधिका चौलागाई, धर्मराज ढकाल,सुर्यमणी गौतम,ईन्द्रप्रसाद पोखरेल,प्रकाशराज सापकोटा,श्याम पोख्रेल,रामप्रसाद हुमागाई,पुरुषोत्तम सिलवाल र प्रकाश सापकोटा सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन समितिका संयोजक अर्जुनप्रसाद वाग्लेले जानकारी दिए।
यस अघि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवा स्थित श्रीकृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा आयोजित उक्त साधारणसभाको पूर्वमन्त्री एवम् संघीय सांसद ज्वालाकुमारी साहले उद्घाटन गरेकी थिइन्।
सो अवसरमा बोल्दै सांसद साहले धार्मिक तथा व्यवसायीक हकहितकालागि संगठित प्रणामी व्यवसायी संघलाई सफलताका कामना व्यक्त गरिन्। नेपालमै केही गर्न सकिन्छ भन्ने पवित्र भावका साथ व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरुको पिरमर्का र हकहितमा काम गर्न संघलाई सांसद साहले आग्रह गरिन्। भ
र्खरै जन्मिएर भनि देशभर विस्तार हुदै गरेको यो संघलाई थप बलियो,प्रभावकारी संचालन गर्न आफैले कुनै न कुनै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
संघका केन्द्रीय अध्यक्ष विष्णु प्रसाद वाग्लेको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन समारोहमा पूर्वमन्त्री साह सहित,जीतपुरसिमरा उपमहानगरपालका वडा नम्बर १६ का वडाअध्यक्ष हरिदेव खरेल,संघका केन्द्रीय सल्लाहकार अर्जुनप्रसाद वाग्ले,रामकृष्ण तिवारी,श्रीकृष्ण प्रणामी मन्दिर पिलुवाको संरक्षक पंडित शास्त्री नविनकृष्ण ढुङ्गेल,श्रीकृष्ण प्रणामी सेवा समिति बारा, पर्साका अध्यक्ष अर्जुन घिमिरे लगायतकाले अधिवेशनको सफलताको कामना गरेका थिए।
साधारणसभा उद्घाटन समरोहमा स्वागत संघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको थियो। कार्यक्रमको संचालन महासचिव प्रमोद वाग्लेले गरेको व्यवसायी संघ बाराका अध्यक्ष होमनाथ उप्रेतीले जानकारी दिए।









