नेपाली कांग्रेसको क्षेत्रीय विस्तारित बैठक सम्पन्न

गढिमाइ खबर
89 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय विस्तारित बैठक सम्पन्न भएको छ ।

जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित बजारमा बारा क्षेत्र नम्बर ४ को कार्य समितिको आयोजनामा शनिबार सो बैठक सम्पन्न भएको हो।

क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पार्टीका पुर्व केन्द्रिय सदस्य बृजलाल यादव रहेका थिए।

सो बैठकमा क्रियासिल सदस्यता नवीकरण तथा नयाँ पुरानो सदस्यता वितरण गर्ने,वडा कमिटीलाई पूर्णता दिने र विभिन्न वडामा कार्यक्रम गर्ने,भातृ संस्था र बुथ कमिटी वडा वडामा गठन गर्ने,क्षेत्रीय कार्यालय स्थापन गर्ने र २०८४ को चुनावमा उम्मेदवारहरुको नाम एक्कल सिफारिस गरी पठाउने निर्णय भएको छ। उक्त बैठकमा ५ वटा महत्वपूर्ण निर्णय भएको हो ।

उक्त कार्यक्रममा केन्द्रिय प्रतिनिधि पूर्व उपसभापति तथा उप प्रधानमन्त्री केन्द्रिय सदस्य बिमलेन्द्र निधि,मधेस प्रदेशका सह– महामन्त्री जयनारायण यादव,बाराका जिल्ला सभापति राजेश राय यादव,उप सभापति मनोज भट्ट,अमिरिलाल पाल,राजकिशोर साह,दिपेन्द्र पटेल,श्यामबाबु गुप्ता,३८ वटा वडाका सभापति,५ वटा पालिकाका सभापति,शुभचिन्तक,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४(ख) क्षेत्रीय सभापति लोकेश सिंहको रहेको थियोे।

साझा गर्नुहोस्