कलैया : बारा प्रहरीले लागु औषध ईन्जेक्सन सहित एक महिलालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकाले आइतबार पत्रकार सम्मेलन गरी महिलालाई सार्वजनिक गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बाराले रौतहट कटहरिया न.पा.७ बस्ने २१ वर्षीया मुस्कान कुमारी दासलाई सार्वजनिक गरेको हो।
दासको साथबाट नोरफिन–१२०० पिस,ड्राइजोपाम–१२०० पिस तथा फेनारगल–१२०० पिस गरी तीन हजार छ सय पिस इन्जेक्सन बरामद भएको प्रहरीले जनाएको छ।
दासलाई बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा प्रहरी चोकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको बा.प्र.०१–००६ ख ५१५९ नम्बरको यात्रु बाहक बसलाई रोकी जाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई लगी रहेको अवस्थामा सो ईन्जेक्सन बरामद गरिएको हो।
लागू औषध ओसारपसार कार्यमा संलग्न रहेकी दासलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।