कलैया : बारा प्रहरीले १५ किलो लागू औषध गाँजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजा सहित मानिसलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले भारत,बिहार राज्य,जिल्ला पूर्वीचम्पारण,मोतिहारी थाना,गोबिनगंज ग्राम पंचायत मुरा वडा नं.१४ चनडीस्थान गाउँ बस्ने अन्दाजी २६ वर्षको गाडी चालक अखिलेशकुमार साह लाई प्रहरीले पक्राउ गरेको हो।
यस्तै सोही ठाउँका कारमा सवार अन्दाजी १९ वर्षीय १९ को राजकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो।सानो ठूलो चार पोकामा रहेको १५ किलो लागू औषध गाँजा बरामद भएको हो।
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थितमा हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बिआर २२ जे–५३३३ नम्बरको भारतीय प्लेट भएको कार संकास्पद लागी रोकी जाँच गरेको हो।
कार भित्र बिचको सिट मुनि फलामको फल्स बटम बनाई सोही फल्स बटम भित्र लुकाई छिपाई लगीरहेको लागू औषध गाँजा बरामद गरेको हो। कार सहित २ जना भारतीय नागरिक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया प्रहरीले अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका हुन्।









