फनपार्कमा अचानक मरे माछा,अढाई लाखको भयो क्षति

गढिमाइ खबर
381 पाठक संख्या

बाराको कलैया उपमहानगरपालिकाको वडा नम्बर ८ मा रहेको खपरत्तता फन पार्क पोखरीमा रहेको माछा अचानक मर्दा अढाई लाखको क्षति भएको छ ।

लगातार तीन पटक यसरी माछा मरेपछि साढे दुई लाखभन्दा बढीको क्षति भएको र आइतबार मात्रै ३० हजार भन्दा बढीको माछा मरेको छ ।

पोखरीमा पालिएको ग्रास,रोहु,बरारी र बिग्रेट जस्ता माछाहरू मरेको कलैया उपमहानगरपालिका -८ का वार्ड अध्यक्ष रन्जित चौरसियाले जानकारी दिए ।

उनले भने “प्राकृतिक वातावरणीय कारणले माछाहरू मरेको भए एक दिनमा १०/२० वटा मर्थे तर एकैदिन यति माछा बिनाकुनै कारण मर्नु भन्ने कुरा शंकाको विषयहो।

ट्यागहरू :
साझा गर्नुहोस्