कलैयामा विद्युतीय तार चुँडिदा प्रहरी जवान सन्देश यादव बिहीबार गम्भीर घाइते भएका छन् । उनी देवताल गाउँपालिका वा नम्बर ६ निवासी हुन्।
कलैया वडा नम्बर १ अवस्थित भरत चोक नजिकै रहेको शौचालय नजिक चापाकलमा पानी पिउने क्रममा खुट्टा चिप्लिएर विद्युतीय तार छुन पुगेका हुन् । पोलको नाङ्गो तारमा हातले छुदा उनी गम्भीर घाइते भएका हुन् ।
करेन्ट लागेर गम्भीर घाइते भएका यादवको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल कलैयामा भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
प्रहरी जवान यादवलाई थप उपचारको लागि वीरगञ्जस्थित नेकनल मेकिल कलेजमा उपचार भइरहेको उनले जनाए । घटना साँझ पौने सात बजेको हो ।
प्रहरी जवान यादव ढलेको दृश्य स्थानीयले रमिते देखि रहेकोे तथा भिडियो बनाउन लागेको अवस्थामा आफ्नो ज्यानको ख्यालै नगरि गोरखापत्र दैनिकका बारा समाचारदाता शिवशंकर मिश्राले लठिको सहाराले बिघुतको तार चुडाएर करेन्ट मुक्त गराएको नेपाल पत्रकार महासङ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेले बताए ।
उहाँको अनुसार प्रहरी जवान यादव पिसाब फेरेपछि हात धुन सोही ठाउको सार्वजनिक चापाकलबाट तल आउने क्रममा बिधुतको तार छुदा उनी करेन्ट लागेर ढलेको थियोे ।









