बारा प्रहरीले अबैध गाँजा खेती फडानी गरि नष्ट गरेको छ ।
प्रहरीले १ कठ्ठा खेतमा लगाएको अबैध गाँजा खेती फँडानी तथा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएकोे प्रहरी टोलीले १ कठ्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको ५ सय बोटहरू फडानी गरी नष्ट गरेको हो ।
आदर्शकोतवाल गाँउपालिका वडा नं.८ बोहा स्थित १ कट्ठा खेतमा लगाएको अबैध गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
बाराका प्रहरी प्रवक्ता न्यौपानेका अनुसार गाँजा खेतीमा सलंग्न व्यक्तिको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने समेत जानकारी दिएका छन् ।









