जन सेवा सामाजिक संस्थाद्वारा बिपन्न परिवारका ४० जना छठ ब्रतालुहरुलाई साडी वितरण

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 68
पढ्न लाग्ने समय : 1 मि.

नजिकिएको छठपर्बको अवसरमा एक संस्थाले बिहीबार साडी वितरण गरेको छ ।

उसले पर्साको जगरनाथपुर गाउँपालिकाका बिपन्न परिवारका ४० जना छठ ब्रतालुहरुलाई साडी वितरण गरिएको हो ।

जगरनाथपुर गाउँपालिका–६ माधोपुर टोलमा बिपन्न परिवारका ब्रतालुहरुलाई चालिस थान साडी वितरण गरिएको हो ।

जनसेवा सामाजिक संस्थाले छठ पर्वको शुभ अवसरमा अति विपन्न परिवारलाई घरमै पुगी साडी बितरण गरेकोे छ।

उक्त टोलमा रहेका विपन्न परिवारका छठ पर्बका ब्रतालुहरुलाई साडी प्रदान गरेको संस्थाका संयोजक बृजेश्वर प्रसाद चौघरीले साभेलदारी दैनिकलाई जानकारी दिए ।

सो अवसरमा संस्थाका सदस्यहरु कन्हैया पटेलको विशेष उपस्थिति रहेको थियो ।

यस्तै सो अवसरमा स्थानीय यूवा नेता श्रीराम गिरी, हिरालाल राम,राबड़ी देवी,फुलकुवरी देवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।