कलैयामा यातायात व्यवस्था कार्यालयको उद्घाटन

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 91
पढ्न लाग्ने समय : 3 मि.

कलैयामा यातायात ब्यवस्था कार्यालयको उदघाटन भएको छ ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका-३ गङ्गापुरमा रहेको शिक्षा तालीम केन्द्र परिसर भित्रै सोमबार एक कार्यक्रम बीच यातायात ब्यवस्था कार्यालय बाराको उदघाट्न गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा पुर्व संविधान सभा सदस्य प्रमोद गुप्ता,बारा क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य रविन दास श्रेष्ठ,३ ख का प्रदेश सभा सदस्य महमद समिर,नेपाली काग्रेस मधेश प्रदेश संगठन विभागका सदस्य राजेश सिह,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष मुकेश साह,जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेल,विवेकशील साझा पार्टीका जिल्ला अध्यक्ष डाक्टर सुशील साह लगायतकाले सम्बोधन गरेका थिए ।

आफ्नो मन्तव्य राख्दै कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साहले कार्यालयको लागि छिटै ३-६ बिघा जग्गा उपलब्ध गराउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रदेश सभा सदस्य पारस साहले गाडिको नवीकरण १५ बर्षमा र लाईसेन्सको नवीकरण १० बर्षमा होस भन्दै माग गरेका थिए ।

जसपा पार्टी नेपाल मधेस प्रदेशका अध्यक्ष समेत रहनु भएका बारा क्षेत्र नम्बर ३ का पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादवले प्रदेश सरकार,मुख्यमन्त्री र यातायात मन्त्री सिंहको विषेश योगदानले कार्यालय स्थापना भएको बताए ।

हुलाकी राजमार्गमा मधेस परिवहन ईलेक्ट्रीक गाडी चलाउने,ब्लु बुक पनि सधैको लागि एकैपटक रिनिवल हुने नेपालमा ब्यवस्था गर्नमा लागेको तथा ड्राईभिङ्ग लाईसेन्स अब १० बर्षको लागि कानुन बनाउने र रिनिवल गर्ने,लाइसेन्स फरम भर्ने जस्ता सबै कार्य अनलाइन मोबाइल अएप्सबाट गरिन सक्ने व्यवस्था छिटै ल्याउने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जनाए ।

यातायात कार्यालयको कुनै पनि कर्मचारीले सेवाग्राहीहरुसंग कुनै पनी बहानामा घुस मागेमा सिधा म नीर प्रमाणसहित आउनु होला त्यस्ता कर्मचारीलाई आवश्यक कार्वाही गर्ने मन्त्री सिंहले बताए ।

यस कार्यालयबाट बिलबुक नविकरण,सवारी साधन अनुमति पत्र वितरण र सवारी साधन नामसारी जस्ता सेवा प्रदान हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ सापकोटाले बारामा यातायात कार्यालयको उदघाटन भए सँगै यस क्षेत्रका सेवाग्राहीहरुले सहज रुपमा सेवा लिने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा यातायात ब्यवस्था कार्यालय पर्साका प्रमुख कमल गौतम,प्रादेशिक अस्पताल कलैया विकास समितिका अध्यक्ष प्रकाश चौगाई,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी न्यौपाने,कलैया उपमहानगरपालिका -३ का वार्ड अध्यक्ष मोहन साह कानुन,८ का वार्ड अध्यक्ष रन्जित चौरसिया,समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डे,कमलेश मण्डल,१ का वार्ड सदस्य शशी दास,जनमत पार्टीका केन्द्रिय सदस्य कलामुदिन मदनी,केन्द्रिय सदस्य विजय गुप्ता,जनमत पार्टीका मधेस प्रदेश सदस्य सन्तोष पटेल,मधेस प्रदेश सदस्य रामाशंकर साह,युवा जनमत संघ बाराका जिल्ला अध्यक्ष बिकाश कुमार सिंह,कर्मचारी,समाजसेवी,बुद्धिजीवी र संचारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियोे ।

उक्त कार्यक्रममा स्वागत मन्तव्यमा यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख महमद नवाज हुसैनको रहेको थियो भने सो कार्यक्रमको संचालन कार्यालयका लेखापाल मुकेश प्रजापतिले गरेका थिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।