धीरेन्द्र पनुहर/
बाराको कोल्हबि नगरपालिका वडा नम्बर १ मा रहेको बैजनाथ साहको गाई फार्म नजिक जम्मा गरेर राखेको परालमा आइतबार साझ आगलागी भएको छ।
करीब ४० – ५० बिघाको जम्मा गरेर राखेको परालमा आगो लागेको हो । आगो के कसरी लागेको हो त्यसको बास्तविक कारण अहिलेसम्म पता लागेको छैन ।
आगो नियन्त्रणको लागी कोल्हवी नगरपालिकाको बारुन यन्त्र, ईलाका प्रहरी कार्यालय कोल्हवी,सशस्त्र बेस क्याम्प कोल्हवी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
थप सहयोगको लागि निजगढ नगरपालिकाको बारुन यन्त्र समेत आएर आगो नियन्त्रणमा सहयोग गरेको थियो । अहिले आगो नियन्त्रणमा आई सकेको ईलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।
आगलागीबाट के कति क्षति भएको हो त्यसको बिवरण आउन बाकि रहेको ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारीले जानकारी दिनु भएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको समाचार प्राप्त भएको छ । आगलागी भएको घटना स्थलमा कोल्हबी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरी,नेपाल मत्स्य संघ बाराका अध्यक्ष्य बिरेंन्द्र चौधरी, वडा न १ का वडा अध्यक्ष राजहरण चौधरी,२ का अध्यक्ष गोपाल प्रसाद अधिकारी,उपमेयर निजी सचियालय प्रमुख प्रेम नारायण चौधरी,कार्यपालिका सदस्य राजकुमार दास,अन्य दलका पार्टी प्रतिनिधि जन शक्ति क्लब कोल्हबी,बभनी युवा क्लब बभनीका युवाहरु लगायत समेत पुग्नु भएको थियो ।
उक्त आगालागी भएको पराल एक स्थानीय व्यपारीले विभिन्न किसानहरुसंग किनेर संकलन गरी आफ्नो फार्ममा रहेका गाइ बस्तुको लागि जम्मा गरि राखिएको थियो।