लागु औषध खैरो हिरोईनसहित भारतीय नागरिक पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 295
पढ्न लाग्ने समय : 1 मि.

पर्सा प्रहरीले वीरगञ्ज बाट लागु औषध खैरो हिरोईनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी विर्ताटोल बस्ने २५ वर्षीय यदोलाल कुमारलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित जाँच गर्नेक्रममा उनलाई खैरो हिरोईन सहित यदोलाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाका अनुसार साईकलमा आएका यदोलालको साथबाट १० ग्राम लागुऔाषध खैरो हिरोईन बरामद भएको हो ।

पक्राउ परेका उनी माथि लागु औषध सम्बन्धी कसूरमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।