कलैयाको भेटेरिनरी अस्पतालमा कर्मचारीको मनलाग्दी,कार्यालय नै नआउने,केही आएपनि हाजिर गरेर टाप हुने

गढिमाइ खबर
134 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

कलैया,१० चैत । माथी प्रस्तुत गरिएको तस्वीरमा बाराको सदरमुकाम कलैयामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन हो र अर्का सोही कार्यालयका कार्यालय प्रमुख बस्ने कुर्सी हो ।

यो तस्वीर आईतबार कार्यालय समयमा दिउसो करिब १ बजेर ३० मिनेट जादा संचारकर्मीको टिमले लिएकार हो । कार्यालयमा कर्मचारीहरु नै नआएका भनेर संचारकर्मीको टिमलाई खबर आएपछि हाम्रो टिम कार्यालय पुगेको हो ।

कार्यालयमा पुग्दा कार्यालय सुनसान झै देखिन्थ्यो । कार्यालयमा हामिक सहित आधा दर्जन जति कर्मचारीहरु कार्यालयमा उपस्थिती भएका नै थिएनन् । कार्यालयका निमित्त कार्यालय प्रमुख राम किशोर साहसहित अन्य कर्मचारी अनुपस्थित हुँदा कार्यालयबाट हुने सेवा तथा कामकाज ठप्प भएको थियो ।

कार्यालय प्रमुख साहसहित विभिन्न शाखा प्रमुखहरु नै नहुदा सेवा लिन जिल्लाका विभिन्न स्थानहरुबाट आएका सेवाग्रहीहरु सेवा नपाएपछि रित्तो हात फर्कीन बाध्य भएका छन ।

आईतबार निमित्त कार्यालय प्रमुख साह सहित मत्स्य शाखाका नायब प्राविधिक सहायक रामायणजी राम महरा,सूचना अधिकारी अनिल प्रसाद गुप्ता सहित आर्थिक प्रशासन शाखा,मत्स्य विकास शाखाका प्रमुख तथा अन्य कर्मचारी गरी आधा दर्जन कर्मचारी उपस्थित नै थिएनन ।

कार्यालयमा हामीले केही करारका कर्मचारी, सहायक कर्मचारी र कार्यालय सहयोगीहरुको मात्र उपस्थित भएको भेटियो । कार्यालय प्रमुख र फाँट प्रमुखहरु नै नभेटिए पछि दैनिक कामकाजदेखि बिमा हुने कार्यालयबाट हुने सवोहरु जस्तै माछा पालन,बाख्रा पालन,गाइ खा र भैंसीको सिफारिस,भुक्तानी लगायतका काम लिएर कार्यालय गएका सेवाग्रहीहरु काम नभई फर्किने गरेका छन ।

कार्यालयमा कर्मचारीहरू नियमित रूपमा अनुपस्थित हुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको हामीलाई एक सेवाग्रहीले गुनासो गरेका छन। कृषक तथा पशुपालकहरू आफ्नो आवश्यक सेवा लिन कार्यालयमा जाँदा बन्द कोठा र सुनसान वातावरण भेट्न बाध्य छौ ती सेवाग्रहीले दुखेसो पोखे ।

स्थानीय किसानहरूका अनुसार, कार्यालयमा आउने पशु चिकित्सक र अन्य कर्मचारीहरू तोकिएको समयमा उपस्थित नहुने समस्या नयाँ होईन पटक–पटक दोहोरिरहेको छ। “हामी बिहानै पशु उपचारका लागि आउँछौं, तर कर्मचारी भेट्नै मुस्किल पर्छ,“ अर्का सेवाग्राहीले गुनासो गरे। समस्या बारे मस्याबारे सम्बन्धित निकायमा पटक–पटक गुनासो गरिए पनि समाधान नभएको अर्का सेवाग्राहीको गुनासो छ।

सेवाग्रहीहरुका अनुसार कार्यालयमा प्रमुख लागयत अन्य शाखा प्रमुखहरु नै नियमित रुपमा कार्यालय नबस्दा पशु उपचार,खोप,अनुदान,विमा सिफारीस जस्ता कामहरू पुर्ण रुपमा प्रभावित हुने गरेको छ ।

जसले गर्दा किसानहरूलाई आर्थिक तथा व्यावसायिक रूपमा असर परिरहेको गुनासो छ । कार्यालय प्रमुख नहुँदा कर्मचारीहरू पनि मनोमानी ढंगले कार्यालयमा आउने जाने गरेको स्थानीयहरुको भनाई छ ।

यता यसैविषयमा कार्यालयका विज्ञ केन्द्रमा निमित्त कार्यालय प्रमुख साहसंग उनको मोबाईलमा सम्र्पक गर्दा उनले आफू म्याद थप गराउने कामले जनकपुर मन्त्रालयमा आएको बताए । उनले पशु कार्यालयमा कर्मचारीको अभाव रहेको बताएका छन् ।

माछा शाखाका प्रमुख रामायणजी राम महरा लोकल कर्मचारी रहेको र केही समस्या भएर कार्यालयमा अनुपस्थित रहेको प्रमुख साहले बताए । कार्यालयमा अनुपस्थित हुने कर्मचारीको छानबिन गरि कारवाही गरेर छाड्ने प्रमुख साहले प्रतिबद्धता जनाएका छन ।

साझा गर्नुहोस्