रञ्जन यादब/
बारामा बुधबार राती मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुवर्ण गाउँपालिकामा कार्यरत पशु शाखा प्रमुख राकेश यादब रहेका छन् ।
महागढीमाई नगरपालिका वडा नं.७ बेनौली निवासी ४५ बर्षिय यादबलाई बरियारपुर सड्कखण्डमा बिपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिएको थियो ।सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दियास्थित बीआर २९३३ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ११९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।
हर्दिया स्थित चोकबाट ५ सय मिटर उतर बरियारपुर सडक खण्डमा हर्दियाबाट पसुरामपुर तर्फ जादै गरेको बीआर २९३३ नं. को मोटरसाईकलले ठक्कर दिएको हो ।
ठक्कर दिने मोटर साईकलको चालक सुवर्ण गाउँपालिका ८ पसुरामपुर बस्ने वर्ष २६ को मिनताज देवानको टाउको तथा शरिरको बिभिन्न भागमा चोट पटक लागी अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनको एस. एल.न्युरो अस्पतालमा उपचार भईरहेको छ । दुबै मोटरसाईकल प्रहरीकोे नियन्त्रणमा रहेको छ । मृत्तक यादबको बिहिबार हिन्दुपरम्परा अनुसार बेनौलीमा अन्तेष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।





