रञ्जन यादव/
बराको परवानीपुर गाउँपालिका वडा नं ३ स्थित परवानीपुर बजार क्षेत्रलाई बजार ब्यवस्थित पार्ने अभियान सुरु भएको छ ।
लामो समय देखि अब्यवस्थित रहेको बाराको परवानीपुर बजार ब्यवस्थित गर्न गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद पटेलको अगुवाईमा कार्य सुरु भएको हो ।
उक्त अभियान अन्तर्गत बजार क्षेत्रमा सड्क पेटी तथा अव्यवस्थित रुपमा रहेको गुम्टी पसल, गिटी, बालुवा, लगायतका वस्तुहरूलाई मंगलवारदेखि हटाएर बजारलाई व्यवस्थित बनाउने कार्य भईरहेको छ ।
गाउँपालिका अध्यक्ष क्षेत्रीले सडक वा मानिस आवतजावत गर्ने पेटीमा यस्ता क्रियाकलाप नगर्न आग्रह गर्नु भएको छ ।
बजार अब्यवस्थित रहँदा सवारी साधनहरु आवतजावत समस्या र दुर्घटनाको जोखिम बढि छ । बजार ब्यवस्थित पार्ने अभियानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो।
बजार क्षेत्रमा र सडक छेउछाउमा जथाभावि गिटी, बालुवा राख्नु र अव्यवस्थित रुपमा गुम्टी पसलहरु संचालनले परवानीपुर बजार कुरुप नै बनेको थियो ।