बारा प्रहरीद्रारा ४५ हजार लिटर मदिरा नष्ट

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 112
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादब/

बाराको दुई स्थानबाट प्रहरीले अबैध भट्टी भत्काई ४५ हजार लिटर मदिरा नष्ट गरेको छ ।

पचरौता न.पा.वडा नं.८ छपकैयाको पाँच ठाउँबाट र आर्दश कोतवाल गाउँपालिको वडा नं.६ पटेर्वाको दुई ठाउँबाट गरी साँत स्थानबाट प्रहरीले ४५ हजार लिटर मदिरा बरामद गरेको थियो ।

नष्ट गरिएको मदिरामा ४० हजार अर्धतयारी र ५ हजार तयारी मदिरा नष्ट गरिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

मदिरा नष्ट गरी प्रहरीले मदिरा राख्ने ड्रम ७६ वटा र मदिरा बनाउँने मेसिन पाँच वटा नियन्त्रणमा लिएको बारा प्रहरी प्रबक्ता न्यौपानेले जानकारी दिए ।

 

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।